छतबाट बगेको पानीको विषयमा छिमेकीबीच कुटाकुट, ९ घाइते

असार २०, २०७७ | बुटवल

छिमेकीबीच कुटपिट हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ मधुवनीमा ९ जना घाइते भएका छन् । सुखनी यादवको छतबाट बगेको पानी प्रदीप पटेलको खेतमा गएको विषयमा शुक्रबार साँझ भनाभन हुँदै कुटपिटमा परिणत भएको थियो । 

कुटपिटबाट ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले बताउनुभयो । घाइते भएका ९ जनाकै बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा पटेल पक्षका प्रदीप, बोदिक, अजय रीतक पटेर र चन्द्रा भर घाइते भएका छन् । यस्तै, यादव पक्षका सुग्रीव, जितेन्द्र, सुखाना र सिसेन्द्र यादव घाइते भएका छन् । 

छिमेकीबीचको अन्य तिक्तता समेत बलेनीमा पोख्दा विवाद बढेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छपिया खटेको प्रवक्ता खत्रीले बताउनुभयो । 


प्रतिक्रिया