मोटरसाईकल दुर्घटनामा परी रुपन्देहीमा एकको मृत्यु

असार २३, २०७७ | रुपन्देही

रुपन्देहीको मायादेवी गाउँपालिकामा मंगलबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मायादेवी गाउँपालिका–५ मकरीस्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा परी सियारी गाउँपालिका–४ पर्सौनी बस्ने ३३ वर्षीय रिजमान अहमद मुसलमानको मृत्यु भएको हो ।

मझगांवाबाट भैरहवातर्फ आउँंदै गरेको लु ३४ प ३४२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । 

मोटरसाईकल पल्टिएर चालक सियारी गाउँपालिका–४ पर्सौनीका मुसलमान घाइते भएका थिए । 

घाइते उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय मझगांवाले जनाएको छ । 

मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया