जोशीपुर गाउँपालिकाका नासु घूससहित पक्राउ

असार ३०, २०७७ | धनगढी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीको जोशीपुर गाउँपालिकाका नायब सुब्बा सिद्धराज जोशीलाई घूससहित पक्राउ गरेको छ । 

घूस लिएको आरोपमा मंगलबार आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले जोशीलाई पक्राउ गरेको हो ।

आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार नासुु जोशीलाई मंगलबार बिहानै स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो । 

‘कार्यालयको घर्रामा राखेको अवस्थामा सोमबार नै ८५ हजार रुपैयाँ बारमद गरेका हौंं, विष्टले भन्नुभयो, ‘उनले सीपमूलक तालिममा सहजीकरण गर्न भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घूस लिएका हुन् ।’ 

सोमबार उनी भाग्न सफल भएपनि मंगलबार पक्राउ गरिएको विष्टले बताउनुभयो । 


प्रतिक्रिया