सफाइका क्रममा पेस्तोल पड्कियो, हवल्दार घाइते

श्रावण ११, २०७७ | रुकुम पश्चिम

नियमित सफाइका क्रममा पेस्तोल पड्कंदा सशस्त्र प्रहरीका एक हवल्दार घाइते भएका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत कोहलपुर नगरपालिका बाँकेका वरिष्ठ हवल्दार ३७ वर्षीय यामबहादुर खड्का घाइते भएका हुन् । 

आइतबार दिउँसो हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएर खड्काको घुँडा भन्दा माथिको भागमा गोली लागेको छ । घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । 

जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनुभयो । सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सरसफाई गर्ने गरेको जनाएको छ । 


प्रतिक्रिया