मोटरसाईकलबाट लडेर रुपन्देहीमा एक महिलाको मृत्यु

श्रावण १५, २०७७ | तिलोत्तमा

मोटरसाईकलबाट लडेर रुपन्देहीमा बिहीबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–३, लक्ष्मीनगर बस्ने ७० वर्षीया धानमति भुजको मोटरसाईकलबाट लडेर बिहीबार मृत्यु भएको हो । 

आफ्नै नातिले चलाउन लागेको लु १८ प ९४९२ नम्बरको मोटरसाईकलमा चढ्ने क्रममा मोटरसाईकलबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लडेर घाइते भएकी उनको उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ । 


प्रतिक्रिया