अमरसिंह थापाको स्मृतिमा सिरानचोकमा सार्वजनिक विदा

श्रावण १६, २०७७ | गोरखा

– राष्ट्रिय विभुति अमरसिं थापाको दुई सय ४ औं स्मृति दिवसमा सिरानचोक गाउँपालिकामा आज सार्वजनिक विदा दिएको छ । थापाको सम्मान र सम्झनामा सार्वजनिक विदा दिइएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनुभयो । गुरुङले विभिन्न इतिहासमा अमरसिं थापा सिरानचोकमा जन्मिएको उल्लेख रहेकाले योगदानको कदर गर्दै सार्वजनिक विदा दिएर विशेष कार्यक्रम गरि दिवस मनाउन लागेको उहाँले बताउनुभयो । 

अमरसिं थापा सिरानचोकमा जन्मिएको इतिहासमा पाइएपनि कुन वडामा जन्मिएका हुन् भन्नेबारे खोज तथा अनुसन्धान भइरहेको उहाँले उल्लेख गर्नुभयो । अमरसिं थापाको विस्तृत खोज तथा अनुसन्धानका लागी एक विज्ञ समुह बनाइएको छ । सिरानचोक गाउपालिकाको गाखु स्थित डाडेमा चार रोपनी क्षेत्रफलमा अमरसिं पार्क निर्माण कार्य शुरु गरिएको पनि गुरुङले बताउनुभयो । 


प्रतिक्रिया