मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका २ सय ४० घरमा विद्युत सेवा

भाद्र ५, २०७७ | मुगु

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको २ सय ४० घरधुरीमा विद्युत सेवा पुगेको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश नेपालको ७ करोड र स्थानीयको जनश्रमदान १८ लाखमा रिउसखोला बाट १ सय किलोवाटको विद्युत उत्पादन भएपछि २ सय ४० परिवार लाभान्वित भएका हुन् । 

दियालो बाल्दै आएको रिउस, पुवा, सेरोक पूलु, लगायत बस्तीका स्थानीय गाउँमा बत्ती बलेपछि उत्साहित भएको मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । गाउँपालिकाले कादुरी एग्रिकल्चरसंग विद्युत उत्पादन गरि दिन आग्रह गरेपछि गाउँमा बत्ती बलेको उहाँको भनाई छ । 

रिउस खोलामा उत्पादन भएको विद्युतले पूलु गाउँपालिकाको कार्यालय, राष्ट्रिय बाणिज्य बैंक उपशाखा, प्रहरी चौकी, रिउस सामुदायिक अस्पताल सेवा संचालनमा सहज भएको प्रमुखको भनाई छ ।


प्रतिक्रिया