१० वर्षीय बालक सेफ्टी टंकीमा मृत अवस्थामा फेला

आश्विन ४, २०७७ | तिलोत्तमा

रुपन्देहीमा आइतबार एक बालक सेफ्टी टंकीभित्र मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थनगर नगरपालिका–१० दोदगहरी बस्ने १० वर्षीय सुगम कुर्मी आइतबार बिहान ३ बजे छिमेकीको निर्माणाधिन सेफ्टी टंकीभित्र पानीमा डुबेको अवस्थामा फेला परेका थिए । 

घरबाट बालक हराएपछि आफन्तले खोज्ने क्रममा घरदेखि झण्डै ३ सय मिटर पश्चिममा रहेको श्रवण लोनियाको घरमा निर्माणाधिन सेफ्टी टंकीभित्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताउनुभयो । 


प्रतिक्रिया