कांग्रेस नेता खतिवडाद्वारा ओखढुंगा कारागारलाई पानी ट्यांकी हस्तान्तरण

कार्तिक १४, २०७७ | ओखलढुंगा

जिल्ला कारागारमा ओखलढुंगाका ७५ कैदी र थुनुवालाई खानेपानीको समस्या भएपछि नेपाली कांग्रेस नेता रामहरि खतिवडाले एक हजार लिटर क्षमताको पानी ट्यांकी उपलब्ध गराएका छन् । 

त्यस्तै, उनीहरुका लागि एक वर्ष कान्तिपुर राष्ट्रिय दैनिकको ग्राहक, एउटा टेलिभिजन सेट र रेडियो सेट पनि उपलब्ध गराइएको उहाँले बताउनुभयो । एक कार्यक्रमकाबीच ती सबै सामान आज हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा कैदी बन्दीहरुले आफूहरु न्युनतम सेवा सुविधाबाट पनि बञ्चित भएको र कोभिड–१९ ले गर्दा मुद्दाहरु चाँडै किनारा नलाग्दा लामो समयसम्म पुर्पक्षमा बस्नु परेका गुनासो गरेका थिए । ३५ जना अट्ने कारागारमा हाल ७५ जना छन् । 


प्रतिक्रिया