विभिन्न स्थानबाट ६४ जना जुवाडे पक्राउ

कार्तिक १५, २०७७ | काठमाडौं

जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ लाख रुपैयाँसहित विभिन्न स्थानबाट ६४ जनालाई पक्राउ गरेको छ । बाँसघारीमा कौडा खेलिरहेका ३ जनालाई महोत्तरी प्रहरीले ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँ सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय विनोदकुमार साह, सरोजकुमार साह र ३५ वर्षीय सन्तोषकुमार साह छन् ।

यस्तै, कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले बजारस्थित ३५ वर्षीय यज्ञबहादुर बिष्टको घरमा तास खेलिरहेका उनी लगायत २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ५१ हजार ४ सय रुपैयाँ बरामद भएको कैलाली प्रहरीले जनाएको छ ।

तनहुँको भानु नगरपालिका–१० चोक मैदान हानहटियास्थित सूर्यकुमार श्रेष्ठको घरमा कौडा खेलिरहेका ५५ वर्षीय अर्जुन उप्रेती लगायत १६ जनालाई प्रहरीले ४८ हजार २ सय ७० रुपैयाँसहित पक्राउ गरेको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका उनीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ५५ हजार ३ सय ९० रुपैयाँ बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेका ११ जनालाई प्रहरीले १८ हजार ३ सय ८५ रुपैयाँ सहित पक्राउ गरेको छ । 


प्रतिक्रिया