जुवा खेलेको अभियोगमा घोराहीबाट पाँच जना पक्राउ

दाङको घोराहीमा जुवा खेलेको अभियोगमा पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा आइतबार सार्वजनिक गरिंदै । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय दाङ । 

कार्तिक १६, २०७७ | दाङ

जुवा खेलेको अभियोगमा दाङको घोराहीबाट आइतबार पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित एक निर्माणाधिन घरमा जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले आइतबार बिहान ३ लाख २३ हजार ६० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१० का २६ वर्षीय अनिलकुमार थापा, २५ वर्षीय केशव डाँगी, २६ वर्षीय कमल रावत, घोराही–१५ का २७ वर्षीय बसन्त भण्डारी र घोराही–१८ का ३६ वर्षीय धर्म ज्ञवाली छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको एसपी चन्दले जानकारी दिनुभयो ।


प्रतिक्रिया