टिपरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

कार्तिक १७, २०७७ | तिलोत्तमा

रुपन्देहीमा टिपरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट मायादेवी गाउँपालिका–८ का रघुविर हरिजनको सोमबार मृत्यु भएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो । 

लुम्बिनी–भैरहवा सडकखण्डमा लुम्बिनीबाट भैरहवा तर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिपरले ठक्कर दिंदा पैदलयात्री रघुविरको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया