रुपन्देहीमा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

कार्तिक १८, २०७७ | तिलोत्तमा

रुपन्देहीमा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । टिपरको ठक्करबाट बुटवल उपमहानगरपालिका-८ का ८१ वर्षिय नेत्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

बुटवल उपमहानगरपालिका–६ पुष्पलाल पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा बाटो काटिरहेको अवस्थामा लु २ ख ३०४६ नम्बरको टिपरले सोमबार ठक्कर दिंदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको डीएसपी खड्क बहादुर खत्रीले बताउनुभयो । 

श्रेष्ठलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको र ढाडको समस्याको कारण थप उपचारको लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाईएको थियो । 

उपचारको क्रममा उनको मंगलबार मृत्यु भएको डीएसपी खत्रीले जानकारी दिनुभयो । टिपर र चालक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया