रुपन्देहीमा नदीमा डुबेर १५ महिने बालकको मृत्यु

कार्तिक १९, २०७७ | तिलोत्तमा

रुपन्देहीको दानव नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा डुबेर बुटवल उपमहानगरपालिका–१४ बेलबासका रेसम बुढा मगरका १५ महिने छोरा संगीत बुढा मगरको बुधबार मृत्यु भएको हो । 

दानव नदीको पानीमा घोप्टो अचेत अवस्थामा बालकलाई आफन्तले फेला पारी उपचारका लागि बुटवलस्थित लुम्बिनी नर्सिङ होममा पुर्‍याएका थिए । 

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिनुभयो । 


प्रतिक्रिया