स्कूटर सिक्ने क्रममा दुर्घटना हुँदा रुपन्देहीमा एकको मृत्यु

कार्तिक २३, २०७७ | तिलोत्तमा

स्कूटर सिक्ने क्रममा दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा नगरपालिका–१ निवासी ५३ वर्षीय डा. शिव पौडेलको मृत्यु भएको हो । 

आइतबार बिहान तिलोत्तमा नगरपालिका–१ स्थित घरमा स्कूटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा क्रिमसन अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले जानकारी दिनुभयो । 

पौडेल बुटवल बहुमुखी क्यापसका सह–प्रमुख हुन् । गत असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका पौडेल लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसका अध्यापन गराउँदै आएका थिए ।


प्रतिक्रिया