चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ

मंसिर ५, २०७७ | तिलोत्तमा

दुर्लभ वन्यजन्तु चितुवाको छालासहित रुपन्देहीको बुटवलबाट ४ जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–९ इँटाभट्टि लाईनमा रहेको एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

पक्राउ पर्नेमा गुल्मीको दरबार गाउँपालिका–४ बस्ने २२ वर्षीय विमल मगर, १८ वर्षीय विशाल राना मगर, २४ वर्षीय संजिव पेमी र बुटवल उप महानगरपालिका-७ बस्ने ३० वर्षीय विश्व भट्टराई रहेका छन् ।

चितुवाको छालाको कारोवार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरु बसेको होटलमा खानतलासी गर्दा चितुवाको छाला सहित उनीहरुलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताउनुभयो । 

उनीहरुको साथबाट ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाईको दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान गरी कारबाहीको लागि डिभिजन वन कार्यालय भैरहवा पठाएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया