टिपरको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु

मंसिर ७, २०७७ | तिलोत्तमा

रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाल्पाको निस्दी गाउँपालिका–३ का ३३ वर्षीय मानबहादुर सोतीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले बताउनुभयो । 

सिद्धार्थ राजमार्गको चौराहाबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु ११ प ४२१६ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको लु २ ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार सोती घाइते भएका थिए । 

दुर्घटनामा गम्भीर घाईते सोतीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया