बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ घाइते

मंसिर ९, २०७७ | बैतडी

बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डामा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । 

भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर घर फर्कने क्रममा उनीहरु सवार ना १ ज २१९६ नम्बरको जिप दिउँसो साढे १ बजे तिर दुर्घटनामा परेको हो । 

दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटटी पार्वती चन्द, बस्कोटकै अर्की पार्वती चन्द, दशरथचन्द नगरपालिका–४ जर्गगाउँका भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका ५८ वर्षीय कृष्ण लावड र सुनर्या गाउँपालिका–४ की कलावती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक प्रसाद अधिकारीले बताउनुभयो । ११ जना सवार जिपमा रहेका २ जना यात्रु भने सकुशल छन् । जिप चालक गोपाल कार्की फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया