नेपाली सेनाले कंगोमा निर्माण गर्‍यो सुरक्षित आवास

पुस २९, २०७७ | काठमाडौं

अफ्रिकी मुलुक कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर गुल्मले ठुलो संख्यामा विस्थापित भएका द्वन्द्व पीडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवासको निर्माण गरेर पीडितहरुको चुनौतीपूर्ण व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

कंगोमा तैनाथ गुल्मले गत जेठ १९ गतेदेखि इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन (आईओएम)को अनुरोधमा ७ हेक्टर जमिनमा बाटो निर्माण, सम्याउने लगायतका काम गरी बासस्थान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको हो ।

दिजुगु क्षेत्रबाट विस्थापित भएका २० हजार स्थानीयलाई बुनियास्थित मुजिपेला क्षेत्रमा विभिन्न संरचना सहितको बासस्थान निर्माण गरेको थियो । यसअघि सन् २०१९ मा पनि सो गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजार विस्थापितहरुको लागि आवश्यक संरचनाहरु निर्माण गरेको थियो ।  


प्रतिक्रिया