विष्णुलक्ष्मी-तुलसीमाया साहित्य सम्मान स्व. बोलबहादुरलाई

माघ १, २०७७ | चरिकोट

विष्णु लक्ष्मी साहित्यिक पुरस्कार साहित्य सम्मान–२०७७ स्व.बोलबहादुर बस्नेतलाई मरणोपरान्त प्रदान गरिएको छ । 

पत्रकार चिरञ्जीवी मास्केले आफ्नो आमाहरु विष्णुलक्ष्मी श्रेष्ठ (कर्म दिने) र तुलसीमाया मास्के (जन्म दिने) को नाममा स्थापना गरेको पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । 

बिहीबार सो पुरस्कार स्व. बस्नेतको धर्मपत्नी कुमारी बस्नेतलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक वर्ष प्रकाशन गर्दै आएको प्रदेयको संस्मरण विशेषाङ्क समेत सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया