अनुसन्धान विभागका कर्मचारी हत्या प्रकरण : एक पक्राउ

माघ १५, २०७७ | काठमाडौं

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा घर भएका १८ वर्षीय विवेक परियार छन् । २७ वर्षीय प्रविण राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय, बाँके नेपालगञ्जमा कार्यरत थिए । 

उनको माघ २ हत्या भएको थियो । आरोपित परियारलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीबाट आज पक्राउ गरिएको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिनुभयो । 

परियारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाईने उहाँले बताउनुभयो ।   


प्रतिक्रिया