छोरीमाथि बलात्कार गरी फरार बुबा पक्राउ

माघ १५, २०७७ | धनुषा

छोरीमाथि बलात्कार गरी फरार रहेका एक जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५ का भोला यादव रहेका छन् । 

धनुषा घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार काठमाडौस्थित घरमा छोरीलाई बलात्कारपछि कुटपिट गरी फरार भएका थिए । 

फरार यादवलाई बिहीबार दिउँसो जनकपुरधाम–८ रामानन्द चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो । यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा पठाईएको छ । 

महानगरीय प्रही वृत बौद्ध काठमाडौंमा छोरी बलात्कार गरी फरार भएको पीडितबाट निवेदन दिएपछि वृतको पत्र अनुसार खोजतलास गर्ने क्रममा यादवलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो । 

बलात्कारपछि भएको कुटपिटले अचेत अवस्थामा फेला परेकी किशोरीको राष्ट्रिय ट्रामा सेन्टर उपचार भईरहेको प्रहरीले जनाएको छ । आमा अर्को छोरीलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा गएको मौका छोपेर यादव अर्की छोरीको बलात्कारपछि कुटपिट गरी फरार भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया