बैतडीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

माघ २५, २०७७ | बैतडी

बैतडीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा शिवनाथ गाउँपालिका–२ का ३९ वर्षीय टिपर चालक हिक्मत साउदको घटनास्थलमै मृत्यु भएको हो । 

पञ्चेश्वर गाउँपालिका–३ मड भन्ने स्थानमा आइतबार बिहान सु प्र प ०१००१ क १५८४ नम्बरको ढुंगा बोकेको टिपर दुर्घटनामा परेको हो । 

टिपर सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताउनुभयो ।


प्रतिक्रिया