तेह्थुुममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

माघ २५, २०७७ | तेह्थुम

बञ्चरो प्रहरी गरी श्रीमतीको हत्या गरेको अभियोगमा तेह्थुमबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालीगुराँस नगरपालिका–३ मुसाङखेल निवासी ४३ वर्षीय नरबहादुर लिम्बू रहेका छन् । 

मादक पदार्थ सेवन गरी ४७ वर्षीया श्रीमती मैतारानी लिम्बूको हत्या गरेको अभियोगमा नरबहादुरलाई प्रहरीले आइतबार पक्राउ परेको हो । 

बञ्चरो प्रहारबाट मैतारानीको घटना स्थलमै मृत्यु भएको तेह्थुम प्ररीले जनाएको छ । 


प्रतिक्रिया