जबरजस्ती करणी अभियोगमा पाल्पाबाट एक पक्राउ

माघ २५, २०७७ | पाल्पा

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका निवासी २१ वर्षीय दीपक नेपाली रहेका छन् । 

१७ वर्षीय किशोरीलाई जबरजजस्ती करणी गरेको आरोपमा नेपाली आइतबार पक्राउ गरिएको प्रहरी कार्यालय सूचना अधिकारी लक्ष्मण पचभईयाले बताउनुभयो । बिहीबार राति घरमा सुतिरहेकी १७ वर्षीया किशोरीलाई दीपकले जबरजस्ती करणी गरेका थिए ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा पीडित किशोरीले दिएको जाहेरीको आधारमा दीपकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया