बस र मोटरसाइकल आपसमा ठोक्किंदा एकको मृत्यु

माघ २९, २०७७ | नेपालगञ्ज

बाँकेमा बस र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा जानकी गाउँपालिका–१ साइगाउँका मोटरसाइकल चालक असगर अलि राइनको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वीपी चोक नजिकै भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१८९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक असगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भारतका सलमान राइनको भने नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको बाँकेका डीएसपी सुवास खडकाले जानकारी दिनुभयो ।


प्रतिक्रिया