नहरको पर्खाल भत्किंदा दार्चुलामा दुई जनाको मृत्यु

फाल्गुन १, २०७७ | दार्चुला

दार्चुलाको अपी हिमाल गाउँपालिका–६ स्थित मज्जेमा निर्माणाधिन नहरको पर्खाल भत्किँदा दुई जना कामदारको मृत्यु भएको छ । 

निर्माणाधिन मज्जे खोला लघुजलविद्युत आयोजनाको नहरको पर्खाल भत्किँदा अपी हिमाल गाउँपालिका–६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामी र मार्मा गाउँपालिका–१ पाकुका ४५ वर्षीय बल्देव महराको मृत्यु भएको हो । 

भिरालो भागमा पर्खाल निर्माण गर्ने क्रममा भत्किएर लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे विस्तृत अध्ययनका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्ट नेतृत्वको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 


प्रतिक्रिया