रुपन्देहीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

फाल्गुन ३, २०७७ | तिलोत्तमा

रुपन्देहीमा सोमबार मोटरसाईकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाईकल चालक बुटवल उपमहानगरपालिका–११ का २२ वर्षीय सन्जु खनालको मृत्यु भएको हो । 

दुर्घटनामा घाईते भएका सानलको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो । 

सोमबार बिहान बुटवल–१० योगिकुटीबाट चौराहातर्फ जाँदै गरेको लु ५८ प २८३५ नम्बरको स्कूटर र विपरीत दिशाबाट रहेको लु १५ प १४७२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका स्कूटर चालक बुटवल उपमहानगरपालिका–११ निवासी शिशिर मगरको मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया