डिजेल चोरेर भारत निकासी गर्ने ३ जना पक्राउ

फाल्गुन ३, २०७७ | पर्सा

डिजेल चोरी गरी भारत निकासी गर्ने ३ जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्यांकर चालक मकवानपुरको मनहरी गाउँपालिका–३ का २२ वर्षीय रामकृष्ण उप्रेती, राक्सीराङ गाउँपालिका–३ का २१ वर्षीय अशोक पाख्रिन र स्वेता आयल ट्रेडर्सका सञ्चालक पर्साका शम्भु महतो रहेका छन् । 

वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ना ७ ख १५११ नम्बरको ट्याङ्करमा १ हजार ३ सय ६० लिटर डिजेल बोकेर भारत जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

 वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को गेटमा सुरक्षा जाँच गर्ने क्रममा उनीहरुले अवैध रुपले डिजेल भारत लैजाँदै गरेको खुलेपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डीएसपी मनोजित कुँवरले बताउनुभयो ।  


प्रतिक्रिया