वाणिज्य विभागका नासु र लेखापढी घूससहित पक्राउ

फाल्गुन ३, २०७७ | काठमाडौं

घूस लिएको आरोपमा काठमाडौंको बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्द पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नासु चन्दसहित सोही कार्यालयमा लेखापढीको काम गर्ने रामबाबु दाहाललाई समेत नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाण पत्र दिने प्रयोजनका लागि उनीहरुले ८ हजार रुपैयाँ घूस लिएको दावी अख्तियारको छ । विभाग परिसरबाट पक्राउ परेका दुबै जनाविरुद्ध थप अनुसन्धान भईरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो । 


प्रतिक्रिया