अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेत पक्राउ

फाल्गुन ४, २०७७ | काठमाडौं

बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी १८ वर्षीया किशोरी सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतविरुद्ध गत आइतबार सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा अभद्र व्यवहारको कसुरमा जाहेरी दिनुभएको थियो । 

काठमाडौं जिल्ला अदालतबाट आइतबार नै पक्राउ पूर्जी लिएको प्रहरीले बस्नेतलाई आज साँझ गोंगबुबाट पक्राउ गरेको हो । सपना र बस्नेत मिलेर पशुपतिमा बेवारिसे शव जलाउने काम गर्थे । सोही क्रममा उनीहरुबीच तिक्तता आएको थियो ।

 त्यसपछि बस्नेतले आफूसँग सपनाका नग्न तस्वीरहरु भएको बताएका थिए । त्यति मात्रै नभएर उनले ती सामाग्रीहरु समाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की समेत दिएका थिए । त्यसपछि सपना प्रहरीकोमा पुग्नुभएको हो । 


प्रतिक्रिया