अंग्रेजीको पढाइ नभएको भन्दै विद्यालयमा तालावन्दी

फाल्गुन ७, २०७७

लामो समयदेखि अंग्रेजी विषयको पढाइ नभएको भन्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ नयाँखर्कमा रहेको माविनयाँखर्कका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा अनिश्चितकालिन तालावन्दी गरेका छन् । 

तत्काल अंग्रेजी शिक्षकको व्यवस्था गर्न व्यवस्थापन समिति तथा विद्यालय प्रशासन समक्ष माग राखि विद्यार्थीहरुले विद्यालयको मुलगेटमा आज तालावन्दी गरेको स्थानीय विवश थापाले जानकारी दिए । मुलगेटमा तालावन्दी भएपछि सबै कक्षाको पढाइ प्रभावित भएको छ । 

अंग्रेजी विषयको पढाइ नै नभइ परिक्षा संचालन हुने गरेको विद्यार्थीहरुको भनाइ छ । अंग्रेजी शिक्षक कृष्ण थापा लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेको तथा विद्यालयमा हुँदा समेत नपढाएको विद्यार्थीहरुको आरोप छ । विद्यालयका प्रधानाध्यापक मनोज शाहका अनुसार विषयगत शिक्षकलाइ उपस्थित गराइ विद्यार्थीहरुको समस्या समाधान गरि पढाइ सुचारु गर्न पहल भैरहेको छ ।


प्रतिक्रिया