मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

वैशाख १, २०७८ | मोरङ

मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । टिपरले ठक्कर दिंदा मोरङको सुन्दरहरैचा नगरपालिका–७ की ६५ वर्षीया मैया श्रेष्ठको मृत्यु भएको हो । 

पूर्व–पश्चिम राजमार्गस्थित सुन्दरहरैचा नगरपालिका–७ मा प्रदेश १–०२–००१ ख ८५३० नम्बरको टिपरले पैदल यात्री श्रेष्ठलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताउनुभयो । 

टिपरको ठक्करबाट घाइते भएकी उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, मोटरसाइकल दुर्घटना हुँदा सुनबर्षी नगरपालिका–८ का ३० वर्षीय वीरेन्द्र प्रसाद मण्डलको मृत्यु भएको छ । 

भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा मोटरसाइकलको पछाडि सवार मण्डलको घटनास्थलमै मृत्यु भएको डीएसपी राईले बताउनुभयो । मोटरसाईकल चालक स्थानीय २९ वर्षीय चन्दन केवटलाई प्रहरीले नयन्त्रणमा लिएको छ ।


प्रतिक्रिया