पौडी खेल्ने क्रममा डुबेर हैटौंडामा एकको मृत्यु

वैशाख १४, २०७८ | मकवानपुर

मकवानपुरको हेटौंडास्थित कुखरेनी खोलामा पुल निर्माणका लागि खनेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर हेटौंडा उपमहानगरपालिका–१२ घडेरी डाँडाका २६ वर्षीय दिनेश दंगालको मृत्यु भएको हो । 

हेटौंडा उपमहानगरपालिका–९ र १३ जोड्ने कुखरेनी खोलामा पुल निर्माणका लागि खनेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो । 

उनको शव खाल्डोमा डुबेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले गएराति निकालेको थियो । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया