ठोरीमा २ साता देखि बाघ आतंक

वैशाख २०, २०७८

पर्साको ठोरी गाउँपालिकामा २ साता देखि बाघ आतंक जारी छ । वडा नंम्बर ३ रामनगर र वडा नंम्बर ४ ठाडोलाइनमा बाघको आतंक बढेको हो । बाघको डरले स्थानीय दिउसो हिडडुल पनि डराएका छन् । 

वैशाख १३ गते ठाडोलाईनका ७१ वर्षीय सुकदोर्जे दोङ पाटे बाघको आक्रमणबाट घाइते भएका थिए । त्यसको एक दिन अघि रामनगर नजिकै एउटा बयस्क पाटे बाघ मृत फेला परेको थियो । 

रामनगरको रामबुद्ध सामुदायिक वन क्षेत्रभित्र पनि शनिवार पाटेबाघ मृत फेला परेको थियो । मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको थियो । यसअघि वैशाख ९ गते रामनगरका ४० बर्षिय पूर्ण बहादुर तामाङ बाघको आक्रमणमा परी घाइते भएका थिए ।  


प्रतिक्रिया