पत्रकार कोइरालालाई ५ वर्ष तीन महिना कैद सजाय

वैशाख २७, २०७८ | काठमाडौं

किशोरीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका पत्रकार केदार कोइरालाविरुद्ध उच्च अदालत पाटनले ५ वर्ष तीन महिना कैद सजाय तोकेको छ । यस्तै, अदालतले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला सुनाएको छ । 

यही बैशाख १२ गते उच्च अदालतका न्यायाधीश अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै पत्रकार कोइरालालाई दोषी ठहर गरेको थियो । 

मुलुकी फौजदारी संहिताले दोषी ठहर र सजाय निर्धारण छुट्टाछट्टै पेशीमा गर्ने गरी गरेको व्यवस्था अनुसार बैशाख १२ मा दोषी ठहर भए पनि सजाय निर्धारण भने आज गरेको हो । पत्रकार कोइरालालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो । 

त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । १२ वर्षदेखि आफ्नै घरमा संरक्षण दिएर राखेकी किशोरीलाई पटकपटक बलात्कार गरेको ठहर उच्च अदालतको छ । 


प्रतिक्रिया