पेस्तोल र गोली सहित सर्लाहीबाट ३ जना पक्राउ

असार २६, २०७८ | सर्लाही

सर्लाही प्रहरीले ब्रहमपुरी गाउँपालिका–२ बाट पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर घर भएका २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट छन् ।

उनीहरुको साथबाट २ थान पेस्तोल, सो पेस्तोलमा लाग्ने १७ राउण्ड गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सेट बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । 


प्रतिक्रिया