करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

असार २८, २०७८ | नेपालगञ्ज

जबरजस्ती करणी मुद्दामा फरार एक जनालाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका २८ वर्षीय जितबहादुर थारु रहेका छन् । 

करणी मुद्दामा थारुलाई जिल्ला अदालतले गत चैत २२ गते दोषी ठहर गर्दै ९ वर्ष ८ महिना २२ दिन कैद सजायँ तोकेको थियो । त्यसपछि थारु फरार थिए । 

थारुलाई राप्तीसोनारी–९ ढकेरीबाटै पक्राउ गरिएको डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । 


प्रतिक्रिया