चोरीमा संलग्न ३ जना खुर्कोटबाट पक्राउ

असार २८, २०७८ | सिन्धुली

सिन्धुलीको ढुंग्रेवासमा एक घर सहित ४ पसलमा चोरीमा संलग्न तीन जनालाई प्रहरीले खुर्कोटबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोलन्जोर गाउँपालिका–६ का रामशरण रम्तेल, कमलामाई नगरपालिका–५ का सुनिल लामा र सर्लाहीको लालबन्दीका विनोद परियारलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले जानकारी दिनुभयो । 

कमलामाई नगरपालिका–४ ढुंग्रेवासका तीर्थ पोखरेलको कोठाबाट गहना सहित ४ वटा पसलमा चोरी गरी पसलका सामान सहित काठमाडौं भाग्दै गरेको अवस्थामा खुर्कोट प्रहरीले पक्राउ गरेको हो । 

कमलामाई नगरपालिकाले जडान गरेको सीसी क्यामेराको सहायतामा उनीहरुलाई पक्राउ गरिएको एसपी थपलियाले जानकारी दिनुभयो । 

गएराति २ बजेतिर कमलामाई नगरपालिका–४ ढुंगेवासका तीर्थ पोखरेलको कोठाबाट सुनका गहाना, ३ वटा मोबाइल, विष्णु विकको कपडा पसलबाट नगद र कपडा, प्रकाश देवकोटाको फेन्सी पसलबाट जुत्ता, लुगा र नगद, छत्रबहादुर बस्नेतको किराना पसलबाट खाद्यन्न र नगद तथा गुणराज श्रेष्ठको फ्रेस हाउसबाट ६ किलो मासु चोरी भएको थियो ।


प्रतिक्रिया