सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै रकम उठाउने एक पक्राउ

असार २८, २०७८ | मोरङ

सशस्त्र प्रहरीको घुमुवा भन्दै सीमा क्षेत्रमा रकम उठाउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष राय रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बताउनुभयो । 

भारतबाट नेपालमा तस्करी गर्न लाइन मिलाइदिने भन्दै रकम उठाउँदै हिँडेका रायलाई सीमा प्रहरी चौकी मायागञ्जको टोलीले धनपालथान–३ बाट सोमबार बिहान पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो । 

रायले सीमा क्षेत्रमा अनेक बहानामा धम्काएर रकम उठाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । के कति रकम कहाँ–कहाँबाट उठाएको भन्ने विषयमा अनुसन्धान भईरहेको डीएसपी श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया