रेड पाण्डा सहित काठमाडौंबाट दुई पक्राउ

श्रावण ३, २०७८ | काठमाडौं

दुर्लभ वन्यजन्तु रेडपाण्डा सहित काठमाडौंबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–५ का २४ वर्षीय उमेश बिसुन्के र दोलखाको तामाकोशी गाउँपालिका–१ का २५ वर्षीय अर्जुन मगराति रहेका छन् । 

काठमाडौं महानगरपालिका–१५ चौमती विष्णुमति करिडोरबाट पक्राउ परेका उनीहरुको साथबाट २ वटा रेडपाण्डा मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरी वृत्त स्वयम्भुबाट थप अनुसन्धान भईरहेको छ । 


प्रतिक्रिया