खेत जोत्दा ट्याक्टर पल्टेर चालकको मृत्यु

श्रावण ३, २०७८ | चितवन

रोपाइँका लागि खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–५ कैलाश नगरका चन्द्र सिग्देलको खेत जोत्दै गर्दा बिहान ८ बजेतिर ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो । 

ना ४ त ३१५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका चालक मगरलाई उपचारको लागि भरतपुर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया