प्रतिबन्धित रेडबुल बेच्ने ४ जना काठमाडौंबाट पक्राउ

श्रावण ६, २०७८ | काठमाडौं

क्याफिनयुक्त शक्तिवर्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ जना ब्यापारीलाई पक्राउ गरको छ । 

पक्राउ पर्नेमा काठमाडौंका ४४ वर्षीय रवीनराज श्रेष्ठ, बाँकेका ३६ वर्षीय राजु पौडेल, ओखलढुङ्गाका ३१ वर्षीय धन बहादुर श्रेष्ठ र सर्लाहीका ३६ वर्षीय वीरेन्द्र चौधरी छन् । 

२०७६ असार २ गतदेखि सरकारले क्याफिनयुक्त शक्तिवर्धक पेय पदार्थ रेडबुलको बिक्री वितरणमा प्रतिबन्धित लगाएको छ । काठमाडौंको न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत स्थानमा छापा मारेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट ४ हजार ८ सय ४८ थान रेडबुल बरामद भएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ । बरामद रेडबुल भारतबाट भित्र्याइएको अनुसन्धानबाट खुलेको छ ।  


प्रतिक्रिया