करीब ५ लाख रुपैयाँ सहित काठमाडौंबाट २० जुवाडे पक्राउ

आश्विन २, २०७८ | काठमाडौं

करीब ५ लाख रुपैयाँ सहित काठमाडौंको जोरपाटीबाट २० जना जुवाडे पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चामुण्डा गेटस्थित तिब्बतियन क्याम्प भित्र रहेको तेन्जिङ छोप्याक भनिने धावा ढुण्डुपको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले गएराति ११ बजेतिर घरधनी ढुण्डुप सहित २० जनालाई नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट ४ लाख ७४ हजार ७५ रुपैयाँ नगद, तास ३ थान, क्यासिनोमा प्रयोग हुने कार्ड ४ सय ६४ थान, कौडा एक सय थान र विभिन्न व्यक्तिको नाममा काटेको विभिन्न बैंकको चेक २८ थान बरामद भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया