करेण्ट लागेर दाङमा एक महिलाको मृत्यु

आश्विन ३, २०७८ | दाङ

करेन्ट लागेर दाङमा आज एक महिलाको मृत्यु भएको छ । घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर दंगीशरण गाउँपालिका–७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

करेन्ट लागेर घाईते भएकी चौधरीलाई उपचारको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 


प्रतिक्रिया