भालुको पित्तसहित पक्राउ

आश्विन ११, २०७८ | लमजुङ

लमजुङको बेंसीसहरबाट प्रहरीले भालुको पित्तसहित स्थानीय २७ बर्षीय दिनेश गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीका अनुसार अवैध रुपमा जंगली जनावर भालुको पित्त ओसारपसार गरिरहेको अवस्थालाई उनलाई पक्राउ गरिएको हो ।

 गुरुङको साथबाट भालुको पित्त १ थान र आधा किलो निरमसी नामक जडिबुटी बरामद गरिएको प्रहरीले जनाएको छ । गुरुङलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालयमा पठाएको इन्सपेक्टर रेग्मीले बताउनुभयो ।


प्रतिक्रिया