नेपालगञ्जको गायत्री मन्दिर नजिकै एक युवक मृत फेला

आश्विन १९, २०७८ | नेपालगञ्ज

बाँकेको नेपालगञ्ज उपमहानरगपालिका–१ स्थित गायत्री मन्दिर नजिकै एक युवकको शव फेला परेको छ । सो मन्दिर नजिकै खेतमा स्थानीय १९ वर्षीय रोहित थारुको शव भेटिएको प्रहरीले जनाएको छ । 

बर्दियाको राजापुर घर भएका रोहित परिवारसँग लामो समयदेखि वडा नम्बर–१ मा बस्दै आएका थिए । गायत्री मन्दिरको नजिक रहेको खाली जमिनमा रोहित मृत फेला परेपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

बाँके प्रहरीका डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’


प्रतिक्रिया