मानव अंगको हड्डीसहित दुईजना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

आश्विन २०, २०७८ | काठमाडौं

सशस्त्र प्रहरीले मोरङबाट २८ वटा मानव खप्पर बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तिर्थ पौडेलले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाट नजिक वेवारिसे को २ च ९६४८ नम्बरको भ्यानलाई सुरक्षा जाँच गर्दा २८ वटा मानव खप्पर र १० वट मानव हातखुट्टाको हड्डी बरामद भएको बताउनुभयो । 

अनुसन्धानका लागि मानव खप्पर, हड्डी र भ्यान इलाका प्रहरी कार्यालय रानीमा बुझाएको गणपति पौडेलले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख जनार्दन जिसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको बारे अनुसन्धान भइरहेको बताउनुभयो ।  


प्रतिक्रिया