रेड पाण्डको छालासहित नेपालगञ्जबाट एक पक्राउ

आश्विन २३, २०७८ | नेपालगञ्ज

संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित बाँकेबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–१ का २८ वर्षीय मणिराम सुनार रहेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिरबाट सुनारलाई एक थान रेड पाण्डाको छाला सहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । 

विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले सुनारले बोकेको झोला जाँच गर्ने क्रममा रेड पाण्डाको छाला बरामद भएपछि उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ । 


प्रतिक्रिया