लमजुङको राइनास नगरपालिका-९ का वडाध्यक्ष थापाको मृत्यु

आश्विन ३०, २०७८ | लमजुङ

लमजुङको राइनास नगरपालिका–९ का वडा अध्यक्ष ६८ वर्षीय देवबहादुर थापाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण भएपछि थापा काठमाडौंमा उपचाररत थिए । 

कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आइसकेपछिको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । वडाअध्यक्ष थापाको उपचारको क्रममा शनिबार दिउँसो १ बजेतिर काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले जानकारी दिनुभयो । 

शरीरमा अस्वस्थ्यपन आएपछि थापा असोज २ गतेदेखि वीर अस्पतालमा उपचार गराइरहेका थिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनमा नसाको समस्या देखिएको थियो । त्यसपछि नसाको उपचार तथा अप्रेसन पनि गरिएको थियो । 

उपचारकै क्रममा वडाध्यक्ष थापाको मृत्यु भएको हो । गएको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट राइनास नगरपालिका–९ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया